भारतको अयोध्या लैजाने शिला हस्तान्तरण
काठमाडाैं | माघ १२, २०७९
म्याग्दी: भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।
बिहीबार बिहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वर धाम मन्दिरमा पूजापाठ,भजनकृत र विभिन्न जातजातिका झाँकी सहित दुई थान शिला जनकपुरधाम स्थित जानकारी मन्दिरका लागि पठाइएको हो ।
गलेश्वर देखि बेनी बजार सम्म शिला सहित शोभा यात्रा गरिएको छ । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामकरण गरिएको दुई थान शिलालाई दुई छुटाछुटै ट्रकमा राखिएको छ ।
शिलालाई पोखरा,देवघाट,जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । काली गण्डकीको शिला अयोध्यामा लगेर राम र सीताको मूर्ति बनाउनुले कालिगण्डकी र गलेश्वर क्षेत्रको धार्मिक पर्यटनलाई समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिला लिन अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज सहित आउनुभएको छ ।
काली गण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा धार्मिक र संस्कृति महोत्सव बढ्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

